मंगलबार , अषोज २७, २०८३

विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि ७ विकेटको जित हात पारेको छ ।

शनिबार अहमदावादमा भएको खेलमा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३०.३ ओभरमा पूरा गर्‍यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६÷१६ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्या६रले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

बलिङमा पाकिस्तानका सहिन साह अफ्रिदीले २ तथा हसन अलीले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP