सोमबार , अषोज २६, २०८३

काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी दाङमा पहिलो मल्टीप्लेक्स हल संचालनमा आएको छ । विजय रावत र चेतन जंग रानाले २० करोड लगानी गरेर निर्माण गरेको ‘भीएफएक्स सिनेमाज’ नाम रहेको हल शुक्रबारबाट संचालनमा आएको हो ।

शुक्रबारबाट प्रदर्शन थालनी गरेको हलमा फिल्म ‘परदेशी २’ लागेको छ । दुईवटा अडिटोरियम रहेको हलमा कूल सीट क्षमता ४१२ छ ।

हलको निर्माण कार्य ३ वर्ष अगाडि सुरु भएको थियो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाइ भएको हलमा थ्रीडीसहित सबै फिल्म चलाइने सञ्चालक रावतले बताए । विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने उनको भनाई छ ।

नेपाली फिल्मको राम्रो बजार मानिएको दाङमा यसअघि गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल गरि तीन हल सञ्चालनमा छन् । कोरोना महामारीभन्दा अगाडि दाङमा ९ वटा हल थिए । अहिले ६ वटा (निमा, विष्णु र ओम शान्ति, सत्यसाई, भोले, महालक्ष्मी) हल सञ्चालनमा छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP