मंगलबार , बैसाख २९, २०८३

हामीहरुले शरीर स्वस्थ राख्नको लागि विभिन्न प्रकारका खानेकुराहरु खाने गर्दछौं । जसले हाम्रो शरीरमा आवश्यक तत्वहरुको माग पुरा गर्दछन् । त्यसमध्ये प्रोटिनपनि एक हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै बलियो बनाउन मद्दत गर्दछ । जसको प्रयोगले मानिसहरुको स्वास्थ्यमा सहयोग गर्दछ । प्रोटिन भएका खानेकुरामध्ये केहि निम्न रहेका छन् ।

१. पनिर :

पनिरमा प्रोटिन सबैभन्दा बढी पाइन्छ । एक सय ग्राम पनिरमा १८ ग्राम प्रोटिन र २० ग्राम फ्याट पाइन्छ । यसको प्रयोग प्रायजसो जीम जाने वा कसरत गर्ने मानिसहरुले प्रयोग गर्ने गर्दछन् । पनिरमा प्रशस्त मात्रामा प्रोटिन र फ्याट पाइने भएकोले यसलाई तौल बढाउनको लागिपनि प्रयोग गरिन्छ । दुधबाट बनेको पनिरमा फ्याट पाइनेभएकोले जीम जाने मानिसहरुले लो फ्याट दुधको प्रयोग गर्न सकिन्छ । यसमा प्रोटिन राम्रो मात्रामा पाइन्छ भने फ्याट हुदैँन ।

२. अण्डा :

उमालेको अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । एउटा अण्डामा चार ग्राम प्रोटिन पाइन्छ । अण्डाको सेतो भागमा प्रोटिन बाहेक कुनैपनि गुणहरु पाइदैन । अण्डाको पहेँलो भागमा फ्याट पाइने भएकोले धेरैजसो मानिसहरुले सेतो भाग प्रयोग गर्ने गर्दछन् ।

३. गेडागुडी : चना, राजमा, केराउ र भटमासमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले हाम्रो शरीरमा आवश्यक प्रोटिनको माग पुरा गर्दछन् । एक सय ग्राम गेडागुडीमा १५ ग्राम प्रोटिन र ४० ग्राम कार्बोहाइट्रेड पाइन्छ ।

४. मासु : मासुमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । छातिको भागको मासु प्रोटिनको लागि सबैभन्दा राम्रो मानिन्छ । एक सय ग्राम मासुमा २५ ग्राम प्रोटिन पाइन्छ । यसको प्रयोगले शरीरमा प्रोटिनको मात्रा पुरा गर्नुको साथै तौल घटाउनमा पनि मद्दत गर्दछ ।

५. दाल :

दालमा पनि प्रोटिन राम्रो मात्रामा पाइने हुनाले यसको प्रयोग गरिन्छ । एउटै दालमा मात्र प्रोटिन कम पाइनेहुनाले यसलाई मिसाएर प्रयोग गर्नुपर्दछ । एकसय ग्राम दालमा १८ ग्राम प्रोटिन र ४० ग्राम कार्बोहाइट्रेड पाइन्छ ।

६. माछा :

माछामा राम्रो मात्रामा प्रोटिन पाइनुको साथै यसमा क्याल्सियम र फस्फोरस पनि पाइन्छ । जसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ । एक सय ग्राम माछामा २५ ग्राम प्रोटिन पाइन्छ । रातो सासु भएको भन्दा सेतो मासु भएको माछा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

७. बदाम :

बदामले पनि हाम्रो शरीरलाई आवश्यक प्रोटिनको मात्रा पुरा गर्न मद्दत गर्दछ । बदामको प्रयोग गर्दा हामीले एकपटकमा ३० ग्राम प्रयोग गर्नुपर्दछ । जसमा सात ग्राम प्रोटिन पाइन्छ ।

८. सोयाबिन :

सोयाबिन स्वास्थ्यको लागि र प्रोटिनको लागि सबैभन्दा राम्रो मानिन्छ । यसले प्रोटिनको मात्रा पुरा गर्नुकोसाथै तौल घटाउनमा पनि मद्दत गर्दछ । यसको प्रयोग आवश्यकता भन्दा बढी गर्नुहुदैन । यसको प्रयोग ५० ग्राम जति गर्न सकिन्छ । जसमा २५ ग्राम प्रोटिन पाइन्छ । यसको प्रयोगले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP