शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ ।  घरेलु मैदानमा नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको  खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी  गर्यो । नेपालका लागि अन्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरे ।

लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दोस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारियो र त्यसले नतिजा पनि दियो ।  ४८ औं मिनेटमा अन्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए ।

एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अन्जनले  नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।निराजनले हरिको कीर्तिमान बराबरी गरेको १५ वर्षपछि अन्जनले दुई खेलाडीको कीर्तिमान भेट्टाए ।

बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझायो । रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले ईन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्नेछ ।

लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP