शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ ।  घरेलु मैदानमा नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको  खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी  गर्यो । नेपालका लागि अन्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरे ।

लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दोस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारियो र त्यसले नतिजा पनि दियो ।  ४८ औं मिनेटमा अन्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए ।

एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अन्जनले  नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।निराजनले हरिको कीर्तिमान बराबरी गरेको १५ वर्षपछि अन्जनले दुई खेलाडीको कीर्तिमान भेट्टाए ।

बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझायो । रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले ईन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्नेछ ।

लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP