मंगलबार , अषोज २७, २०८३

काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक भारत र अष्ट्रेलियाबीचको खेल रोचक बनेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया १९९ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले दुई रनमै तीन विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको हो ।

भारतका ओपनर जोडी रोहित शर्मा र इशान किसान दुवै शून्यमा आउट भए । विश्वकपमा दुवै ओपनरले रन नबनाइ आउट भएको यो सातौंपटक हो । चौंथो नम्बरमा आएका श्रेयस ऐयरले पनि स्कोरबोर्डमा कुनै दख्खल दिन सकेनन् । उनी पनि शून्यमा आउट भएपछि भारत दबाबमा परेको छ ।

पहिलो विकेटका रुपमा इसान किसनलाई मिचेल स्टार्कले क्याच आउट गराएका थिए । अफ साइडमा स्वीङ भएको बललाई बाउन्ड्रीको दिशा दिने प्रयासमा किसन क्याचआउट भए । दोस्रो ओभरमा जोस हेजलवुडले कप्तान रोहित शर्माको ठूलो विकेट लिए । उनले शर्मालाई एलबीडब्लु आउट गराए । शर्माले डीआरएसको सहारा लिन खोजे पनि सफल भएनन् ।

सोही ओभरमा हेजलवुडलाई दोस्रो सफलता मिल्यो । उनले श्रेयर एयरलाई डेभिड वार्नरको हातबाट क्याचआउट गराएका छन् ।
भारतको टप अर्डर भत्किएपछि २०० रनको मामुली लक्ष्य पनि ठूलो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP