पिस्ता ड्राइ फुड तथा मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने बनस्पति हो । यसले हाम्रो स्वास्थ्यको लागि निकै फाइदा गर्दछ । ठुला–ठुला होटल तथा रेस्टुरेन्टहरुमा यसलाई मुख्य मसलाको रुपमा प्रयोेग गरिन्छ । यसको स्वादले खानालाई स्वादिलो बनाउनुको साथै शरीरका विभिन्न भागहरुमासमेत फाइदा पु¥याउने भएकोले यसको प्रयोग धेरै गर्ने गरिन्छ ।

यसको खेती र प्रयोग पनि बढ्दो छ । यसलाई बोटबाट टिपेर भुटेर ड्राइ फुडको रुपमा प्रयोग गर्ने गरिन्छ । कतिपय मानिसहरुलाई यसको बारेमा र फाइदाहरु थाहा नहुन सक्छ । यसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ । जसले हाम्रो शरीर स्वस्थ हुनुको साथै आँखालाई समेत फाइदा गर्दछ । यसका फाइदाहरु निम्न रहेका छन् ।

१. पिस्तामा आइरन, पोटासियम, म्याग्नेसियम, फस्फोरस तथा भिटामिन बी६ को मात्रा बढ्दो रुपमा पाइन्छ ।
२. पिस्ताको नियमित प्रयोगले मुटुजन्य समस्याहरुबाट बचाउछ र मुटुका धड्कनलाई नियमित बनाउन मद्दत गर्दछ ।
३. ५० दाना पिस्तामा १६० क्यालोरी पाइन्छ । यसलाई लो क्यालोरीको रुपमा प्रयोग गर्ने गरिन्छ ।
४. पिस्तामा अन्यधिक मात्रामा फाइबर पाइन्छ जसले, पाचन प्रणालीमा सन्तुलन ल्याउन मद्दत गर्दछ ।
५. पिस्तामा पाइने क्यारोटिनोइड गुण पाइन्छ जसले, आँखाको ज्योतीलाई बलियो बनाइराख्न मद्दत गर्दछ ।
६. पिस्तामा माछा मासुमा पाइने प्रोटिनको मात्रा लुकेर बसेको हुन्छ । जुन शाकाहारी तथा मांशाहारी दुबैको लागि फाइदा हुन्छ ।
७. पिस्तामा पाइने फिटोसटेरोल्स तत्वले अन्य श्रोतबाट प्रवेश गर्ने कोलेस्टेरोललाई सोस्ने काम गर्दछ ।
८. पिस्ताको दैनिक प्रयोगले क्यान्सर तथा मुटुजन्य रोगको लागि प्रतिरोधात्मक क्षमता बढाउछ ।
९. पिस्तामा फेनोलिक तत्व पाइन्छ जसले, हाम्रो शरीरमा रहेको विषादीहरुलाई नष्ट गर्ने काम गर्दछ । जुन विषादीनाशक गुणले हाम्रो शरीरमा तनाव उत्पन्न हुन दिदैँन ।
१०. पिस्तामा विशेष प्रकारको चिल्लो पदार्थ पाइन्छ जसले हाम्रो शरीरलाई फाइदा गर्दछ ।
११. पिस्ताको नियमित प्रयोगले रक्तचाप हुने व्यक्तिहरुका लागि फाइदा पु¥याउँदछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP