सोमबार , अषोज २६, २०८३

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ । मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

यस काउन्टरबाट आपतकालीन, इनडोर, अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), बाझोपन र परिवार नियोजन रोगीहरूका लागि सेवा दिइने निर्देशक डा.अधिकारीले बताए ।

अहिले अस्पतालको एनआईसीयूमा १० बेड थप गरी २० बेड सञ्चालन गरिएको छ भने अनलाइन टिकट सेवा समेत सुरुवात गरिएको अधिकारीले बताए ।  यस्तै गरिब विपन्न महिलाका लागि अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP