सोमबार , अषोज २६, २०८३

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४।५७ बिन्दुले बढेर दुई हजार ५२८।९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०९ बिन्दुले बढेर ४४८।८९ मा पुगेको छ ।

कूल २०८ कम्पनीको एक करोड दुई लाख ७६ हजार ७१० कित्ता शेयर रु पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख ८० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ६।६८, विकास बैंक ६।०५, वित्त ७।७४, उत्पादन ४२।३३, अन्य ११।४१ र जीवन बीमा ९८।७८ बिन्दुले घटेको छ । यस्तै, व्यापार ३४६।४६, होटल तथा पर्यटन १५५।५, जलविद्युत् १२९।८४, निर्जीवन बीमा १७४।०४, लघुवित्त ६९, सामूहिक लगानी कोष ०।०२ र लगानी उपसमूह १।०३ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ६० लाख ९४ हजार ५७२ बराबरको कारोवार भयो ।यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३२ करोड ८१ लाख ५५ हजार ७७४, नेपाल बङ्गलादेश बैंक रु २८ करोड ७१ लाख छ हजार ३०२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५७ लाख १३ हजार ३८४, रसुवागढी हाइड्रोपावर रु १३ करोड ७४ लाख ८० हजार ७४७, साल्ट टे«डिङ कर्पोरेशन रु १२ करोड ५८ लाख ९९ हजार ५४९, निर्धन उत्थान लघुवित्त रु १२ करोड ४४ लाख ८३ हजार ८४८, मेरो माइक्रोफाइनान्स रु ११ करोड ८७ लाख १६ हजार ९११, शिखर इन्स्योरेन्स रु १० करोड ७६ लाख १४ हजार ३३६ र अरुण काबेली पावर रु १० करोड ४६ लाख ८६ हजार ६९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज साल्ट ट्रेडिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै, चन्द्रागिरि हिल्स ९।९८, रसुवागढी हाइड्रोपावर ९।९७, कालिका पावर कम्पनी ९।९६, साञ्जेन जलविद्युत् कम्पनी ९।९४, बोमी माइक्रोफाइनान्स ९।९३, माथिल्लो तामाकोशी ९।९२, रैराङ हाइड्रोपावर ९।८९, सूर्योदय लघुवित्त ८।३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६।०३ प्रतिशतले कमाए ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४।१५, सप्तकोशी डेभलपमेन्ट बैंक ३।६१, हिमालयन पावर पार्टर ३।१३, अरुण भ्याली हाइड्रोपावर २।६९, यूनाइटेड फाइनान्स २।०९, यूनिलिभर नेपाल १।९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १।८३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP