मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो ।  ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली जित हासिल गर्न सकेन्  ।

हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि सकिएको छ। टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रनको योगदान गरे । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । करन केसीले १३ बलमा २ छक्का र एक चौका सहित नटआउट १८ रन जोडे । भारतविरुद्ध  धैर्यता गुमाएर लामो सट खेल्ने धुनमा  ८ ब्याटर क्याच आउट भए।

नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो ।आक्रामक प्रदर्शनका साथ नेपाली ब्याटरले खेललाई रोमान्चक बनाएका थिए । तर जित हासिल भएन् र

नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । यही ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भए ।
स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भए ।नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

यसअघि भारतले यशस्वी जैसवालको शतकीय ईनिङमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP