मंगलबार , अषोज २७, २०८३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने स्पष्ट पारेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने स्पष्ट पारे । उनले भने–‘कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन् ।’ देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारेमा पनि आफ्नो पार्टीले अगुवाइ नगर्ने बताए । त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याईदिनुपर्ने हो ? जसपाले ल्याईदिनुपर्ने हो कि ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा देउवाले भने–‘यो त हामीलाई थाहा नै छैन नि ।’ देउवाले झोक्किँदै कांग्रेस विपक्षी पार्टी भएको भन्दै पाँच÷छ पटकसम्म विपक्षी पार्टी भन्दै नाम लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP