आइतबार , बैसाख २१, २०८२

नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो ।

प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् ।

भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । २०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा कारवाहीमा चन्द समूहका ४ जनाको ज्यान गएको थियो ।
@कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु