मंगलबार , असार २३, २०८३

कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । अहिले सम्म दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ परिवार बिरामी परेका छन् ।

भाइरल ज्वरोबाट खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको छ ।

केही दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथले जानकारी दिइन् ।

उनले उपचारको लागि हिजो गाउँपालिकाको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पुगिसकेको र आफू सहित जिल्ला स्वास्थ्यको टोली केही घण्टामा पुग्दै गरेको पनि जानकारी दिइन् ।

गाउँमा रहेका करिब एक सय ६० बढी परिवार मध्ये धेरै जसो परिवारका सदस्यहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । गाउँमा भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ ।

अधिकांश स्थानीयलाई १०३ डिग्री माथि ज्वरो आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा देखा परेका छन् ।

भाइरल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य चौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ ।

गाउँपालिका उपाध्यक्ष नाथले एउटा स्वास्थ्य टोली गाउँ पुगिसकेको र अर्को पुग्दै गरेको भन्दै चाडै भाइरल ज्वरो नियन्त्रण हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP