मंगलबार , अषोज २७, २०८३

काठमाडौं ।  माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४– १ गोलले पराजित गर्यो । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो। बंगलादेशका लागि अदाम लायान रशिदले माल्दिभ्सका लागि सान्त्वना गोल गरे ।

खेलमा तनाव पनि भयो र दुवै टिम १० खेलाडिमा सीमित भए । नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे र  हसनलाई सुजनले कुमले धकेले । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

रातो कार्ड पाएपछि सुजन रुँदै मैदान छोडेका थिए । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP