सोमबार , असार २, २०८२

हाङ्चाउ । आजबाट १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।

सन २०१६ को जी-२० शिखर सम्मेलन आयोजना गर्ने सहरमा प्रतियोगिता आयोजना भएको हो ।

कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भएको थियो । सन २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड-१९ ले गर्दा एक बर्स धकेलिएको थियो ।

प्रतियोगिता आज सेप्टेम्बर २३ बाट औपचारिक सुरु भएर अक्टोबर ८ सम्म जारी हुनेछ । प्रतियोगिता मा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP