शुक्रबार , भाद्र १२, २०८३

हाङ्चाउ । आजबाट १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।

सन २०१६ को जी-२० शिखर सम्मेलन आयोजना गर्ने सहरमा प्रतियोगिता आयोजना भएको हो ।

कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भएको थियो । सन २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड-१९ ले गर्दा एक बर्स धकेलिएको थियो ।

प्रतियोगिता आज सेप्टेम्बर २३ बाट औपचारिक सुरु भएर अक्टोबर ८ सम्म जारी हुनेछ । प्रतियोगिता मा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP