मंगलबार , अषोज २७, २०८३

काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।

चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने भएपनि फुटबल, भलिबल र क्रिकेट खेल यसअघि नै सुरु भइसकेका छन् । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भियतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।

नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
त्यस्तै टेबल टेनिसमा पनि टिम इभेन्टको प्रारम्भिक चरणको खेल आज हुनेछ । महिलातर्फ टिम इभेन्टमा नेपालले विहान ७:४५ बजे सिंगापुरको सामना गर्दैछ । नेपालबाट महिला टोलीमा नविता श्रेष्ठ, सिक्का सुवाल र इभाना थापा छन् ।

त्यस्तै पुरुषतर्फ नेपालले विहान ९:४५ बजे जापानको सामना गर्नेछ । नेपालको पुरुष टोलीमा संयोग कपाली, विलोस श्रेष्ठ र रुविन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP