सोमबार , अषोज २६, २०८३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ नारायणथानका तेम्बाछिरिङ  शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैयाँ बिरामीलाई हस्तान्तरण गरेका छन् ।

स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार तथा स्थानीयवासीबाट संकलित ४० हजार बिरामीलाई हस्तान्तरण गरेका हुन ।

सोही अवसरमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपत्कालिन कोषबाट तेम्बाछिरिङको उपचारका लागि थप एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।

भोटेकोशी गाउँ कार्यपालिकामा कार्यरत शेर्पाको दुवै मिर्गौला फेल भएपछि अहिले डायलासिस गराइरहेका छन् । घरमा कमाउने उनी मात्र रहेकोमा परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको छिमेकीहरु बताउँछन् ।

समाजसेवी नेत्रबहादुर खड्काको नेतृत्वमा उपचारका लागि सहयोग राशि संकलन गरिएको थियो । उपचार रकम हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपचारका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै मिर्गौला दान दिने मान्छे भए प्रत्यारोपणका लागि चिन्ता गर्नुपर्ने विषय नभएको बताए ।

मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क भएकाले त्यसको व्यवस्था आफूले मिलाउने बस्नेतले आश्वासन दिए ।

त्यसैगरी, स्वास्थ्य मन्त्री बस्नेतले दुईवटै मिर्गौला फेल भएर डायलासिस गराइरहेका भोटेकोशीकै ज्ञानबहादुर श्रेष्ठको निवास रामकोट पुगेर उनलाई पनि उपचारका लागि संकलन गरिएको ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा  भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपत्कालीन कोषबाट ज्ञानबहादुरको उपचारका लागि पनि थप एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP