मंगलबार , असार २३, २०८३

बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण ।  यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । वास्तवमा उनीमाथि ठगीको आरोप लागेको छ ।

किन समस्यामा छिन् जरिन खान ?

जरिन खानको मुद्दा निकै पुरानो हो । वास्तवमा सन् २०१८ मा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । उनी विरुद्धको उजुरीमा उनले कोलकातामा भएको दुर्गा पूजा कार्यक्रममा प्रस्तुति दिनुपर्ने तर उनी त्यहाँ उपस्थित नभएको उल्लेख छ । यति मात्र होइन, कोलकाता र उत्तर २४ परगनामा ६ वटा काली पूजा कार्यक्रममा नगएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

यसपछि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नायिका र उनको म्यानेजरविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएपछि उनीहरूलाई सोधपुछका लागि बोलाइएको थियो । तर नायिका सोधपुछका लागि पनि नगएको र उनले कार्यक्रम आयोजकले गलत जानकारी दिएको आरोप लगाइन् ।

जरिन खानले आफ्नो बचाउमा आयोजकहरूले उनलाई बंगालका मुख्यमन्त्री लगायत धेरै मन्त्रीहरू कार्यक्रममा सहभागी हुने बताए पनि पछि उनको टोलीले त्यो कार्यक्रम निकै सानो स्तरको भएको थाहा पाएको बताइन् । यी कारणले उनले सो छोड्ने निर्णय गरेको स्पष्टीकरण दिइन् । रिपोर्टका अनुसार मुद्दा दर्ता भएपछि जरिनले न जमानतको लागि निवेदन दिएकी थिइन् न त अदालतमा हाजिर भइन् । बारम्बार अदालतको बोलावट बेवास्ता गरेपछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारीमा उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएपछि जरिनको बयान 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जरिन खानले इन्डिया टुँडेसँगको कुराकानीमा भनिन्, ‘यसमा कुनै सत्यता छैन भन्ने कुरा मलाई थाहा छ । खासमा म निकै अचम्ममा परेको छु र मेरो वकिलले यस विषयमा अनुसन्धान गरिरहेका छन् । त्यसपछि मात्रै म यो विषयमा राम्रोसँग भन्न सक्षम हुनेछु । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP