अर्थतन्त्र चलायमान गराउन सरकारले जग्गा कित्ताकाट खोले पनि त्यसको प्रभाव घरजग्गा कारोबारमा भने पर्न सकेको छैन।

घरजग्गा कारोबार बढाएर अर्थतन्त्रलाई चलायमान गराउन एक महिना अघि सरकारले कित्ताकाट खुला गरेको थियो।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सरकारले घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा गरेको थियो। यो सँगै व्यवसायीहरू उत्साहित भएका थिए।

सोही अनुरूप सरकारले भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खोलेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा देशभर ३४ हजार सात सय २० संख्यामा घरजग्गा कारोबार भएको थियो।

चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक सयको हाराहारीमा वृद्धि भई ३५ हजार ६ सय ८६ संख्यामा घरजग्गा कारोबार भएको छ।

साउन महिनामा भने यस्तो घरजग्गा कारोबार ३३ हजार आठ सय ३४ संख्यामा थियो।

अन्य सबै क्षेत्र सुस्ताएकाले घरजग्गा कारोबार फस्टाउन नसकेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए।

‘अहिले अफ सिजन पनि हो,’ उनले भने, ‘सबै क्षेत्र सुस्ताएकाले घरजग्गा कारोबार क्षेत्र सुस्ताएको हो।’

अन्य क्षेत्र चलायमान भएर व्यक्तिको क्रयशक्ति नबढेसम्म घरजग्गा कारोबार बढेन नसक्ने उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको आवास तथा घरजग्गामा जाने कर्जा करिब तीन प्रतिशतले बढेर साउनसम्ममा पाँच खर्ब ९९ सय अर्ब पुगेको छ।

२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।

स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आएको थियो।

घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै सरकारले भू–उपयोग नियमावली संशोधन गरेको छ।

संशोधित नियमावली अनुसार अब प्लानिङ पर्मिट लिएकाहरूले साढे २ आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइनेछ।

यसअघि न्यूनतम ४ आना १ दाममा मात्रै जग्गा कित्ताकाट गर्न पाइने थियो। प्लानिङ पर्मिट नलिइ व्यक्तिगत तहमा हुने गरेका कित्ताकाटमा भने न्यूनतम ४ आना १ दामकै प्रावधान रहनेछ।

मोही, अंशवण्डामा पनि अब साढे दुई आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइने भएको छ।

त्यस्तै, भू–उपयोग नियमावली आएको छ। महिनाभित्र स्थानीय तहले जग्गा वर्गीकरण गरिसक्नु पर्नेमा संशोधित नियमावलीले एक वर्षको समय दिएको छ।

गत वर्षको सुरूआतदेखि नै सुस्ताएको घरजग्गा कारोबारमा अझै सुधार आउन सकेको छैन।

समग्र कारोबार सुस्ताए पनि चालु आर्थिक वर्षको दोस्रो (भदौ) महिनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार साउन महिनाको तुलनामा दश प्रतिशतले घरजग्गा कारोबार बढेको हो।

साउनमा काठमाडौं उपत्यकामा १७ सय ६० संख्यामा घरजग्गा कारोबार बढेको थियो। यस्तो संख्या भदौमा १९ सय ५० पुगेको छ।

घरजग्गा कारोबार बढेसँगै कित्ताकाट पनि बढेको छ।

साउनमा चार सय ८१ संख्यामा जग्गा कित्ताकाट भएकोमा भदौमा पाँच सय ३२ संख्यामा भएको छ।

काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।

यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।

कलंकी कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ संख्यामा घरजग्गा कारोबार भएको छ।

यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।

दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट साउनमा चार सय ७ संख्यामा कारोबार भएको छ।

आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।

त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय हो। यस कार्यालयबाट भदौमा ३ सय ६७ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।

मनमैजु कार्यालयबाट साउनमा २ सय ७३ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।

डिल्लीबजार कार्यालयबाट एक सय ७४ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।

टोखा कार्यालयबाट एक सय ३५ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP