आइतबार , जेठ १२, २०८२

काठमाडौ । सेयर बजारले फेरि दबाबको सामना गरेको छ । नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका लगानीकर्ताले थप नकारात्मक प्रतिक्रिया दिएका हुन् । हुन त ब्याजदर घटाउने र बढाउने बैंकहरुको संख्या बराबरी छ ।

यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP