मंगलबार , अषोज २७, २०८३

एमाले वरिष्ठ नेता माधव नेपालसहित ४ जनाले आफूहरूलाई सोधिएको स्पष्टिकरण राजनीतिक रूपमा जवाफ दिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै नेपालसहित चार नेतालाई स्पष्टीकरणको पत्र थमाएपछि एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहको छुट्टै बैठक बसेर स्पष्टिकरणबारे रणनीति तय गरेका हुन्।

सोमबार काठमाडौंमा बसेको उपलब्ध स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय भएको एक स्थायी कमिटि सदस्यले जानकारी दिए।

केपी ओलीले अझै संसद विघटन गर्न चाहिरहेको भन्दै बैठकमा लोकतन्त्र खतरामा रहेकाले सबै देशभक्ति पार्टी, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेको छ।

‘अझै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न चाहिरहेका छन्। लोकतन्त्रलाई खतरामा पार्न चाहिरहेका छन्। अहिलेको विवादलाई खाली एउटा पार्टीको विवादका रूपमा मात्र हेरिनुहुन्न। यो लोकतन्त्र र राष्ट्रियतामाथिको खतरा हो’, नेता युवराज ज्ञवालीले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले पार्टीलाई टुक्रा टुक्रा पारे। नेकपालाई नेकपा एमाले र माओवादी केन्द्र बनाए। एमाले भित्र तीन समूह भएको छ। ओली समूह, वामदेव समूह र हाम्रो समूह त्यसैले अब सबै लोकतन्त्रवादी, कम्युनिष्ट, राष्ट्रवादी शक्ति, नागरिक समाज एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो बैठकमा छलफल भयो।’

उनले ओलीले स्पष्टीकरणको नाममा कारबाही गर्ने धम्की दिएकाले त्यसकाविरुद्ध केही कदम चाल्नुपर्ने अवस्था आएको बताए।

उनले देशव्यापीरूपमा अहिले भइरहेका भेला बैठकलाई जारी राख्ने भन्दै सबै जनसंगठनको राष्ट्रिय भेला गर्ने तयारी भइरहेको जानकारी दिए।

यसैबीच पार्टीका महासचिव ईश्वर पोखरेलले आजै पार्टी नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र काटेर घरमै पुर्‍याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP