मंगलबार , असार २३, २०८३

नेकपा एमालेले वरिष्ठ नेपाल माधवकुमार नेपालसहित चार नेतासँग विभिन्न १० बुँदामा स्पष्टीकरण माग गरेको छ ।

सोमबार महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध क्रियाकलापको नेतृत्व र अगुवाई के कति कारणले गरेको भनी १० बुँदामा स्पष्टीकरण माग गरेका हुन् ।

ओली पक्षीय नेताहरु मात्र उपस्थितिमा ७ चैतमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार महासचिव पोखरेलले चार नेपाललाई पत्र काटेर ३ दिनभित्र स्पष्टीकरण दिन भनेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई लेखेको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो भनेर सोधिएको छ ।

प्रचण्डले ‘माधव नेपालहरु सके नेकपा एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति मौन समर्थन रहनुको रहस्य के हो भन्ने प्रश्न पनि गरिएको छ ।

महासचिव पोखरेलले माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला किन गरेको भनी प्रश्न गरेका छन् ।

‘… विभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भातृ संगठनहरुको भेला गरी अनधिकृत रुपले विभिन कार्य गरी÷गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?’ पत्रमा प्रश्न गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगमा पार्टी विधान र हित विपरीत पटक पटक किन गएको, पार्टीको नाम, चिह्न र झण्डा कुनै समूह वा गुटले मात्र प्रयोग गर्ने उद्देश्यले निवेदन लिएर किन निर्वाचन आयोगमा गएको भनेर पनि प्रश्न गरिएको छ ।

स्पष्टीकरण पत्रमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार विरुद्ध संसद, सञ्चार माध्यम, सडकबाट निरन्तर विरोध गर्ने, प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव तयार पार्ने र संसद सचिवालयमा दर्ता गर्ने काम किन गरेको भनी सोधिएको छ ।

त्यस्तै पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही गरिएको ? प्रचण्डले नेकपा रहदैको अवस्थामा १९ बुँदे ‘आरोपपत्र’ पेश गर्दा प्रचण्डको मतियार भई पार्टी हित विपरीत किन काम गरेको भनी प्रश्न गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP