मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपाल फुटबल खेलाडी संघ र बीएन्डबी अस्पतालबीच सम्झौता भएको छ। खेलाडी संघ र अस्पतालबीच बुधबार एक कार्यक्रमका बीचसम्झौता भएको हो। सम्झौता पत्रमा बीएन्डबी अस्पतालका तर्फबाट प्रोफेसर डाक्टर अमित जोशी र संघका अध्यक्ष विक्रम लामाले हस्ताक्षर गरे।

सम्झौता अनुसार खेलाडीले उपचार तथा औषधिमा २० प्रतिशत छुट पाउनेछन्। यस्तै फुटबल खेलाडीको परिवारको उपचारमा १५ प्रतिशत छुट पाउनेछन्। अस्पतालमा उपलब्ध औषधिमा पनि १२ प्रतिशत छुट दिइने सम्झौता पत्रमा उल्लेख छ। यस्तै, विपन्न वर्गका खेलाडीका लागि वार्षिक रुपमा सिमित कोटामा निःशुल्क उपचार गर्नेछ। योसँगै खेलाडीका लागि स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोग संघले गर्नेछ।

अस्पतालका निर्देशक अशोक कुमार बास्कोटाले खेलाडीको उपचारमा आफ्हरुको अस्पताल सँधै गम्भीर रहेको बताउँदै खेलाडी संघसँगको सहकार्यले थप सहयोग पुग्ने बताए।खेलाडी संघका अध्यक्ष विक्रम लामाले चोट लागेपछि आर्थिक अवस्थाकै कारण कतिपय खेलाडीले उपचार नै गर्न नजाने अवस्थालाई यो सम्झौताले सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP