सोमबार , अषोज २६, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक अधिकृत डा. अवधेश झाले विज्ञप्ति जारी गर्दै बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरू कुच्चिएका, फोहोर, टुटे–फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण नराखिएकाले त्यस्तो खरिद नगर्न महानगरले आग्रह गरेको हो।

‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छ’, सूचनामा भनिएको छ, ‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानीकारक सुक्ष्म जीवाणु मानव शरीरमा प्रवेश गरी संक्रामक रोग फैलिने जोखिम हुन्छ। यसर्थ सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि निर्देशिका २०७४ मा तोकिएका मापदण्ड पूरा गरेरमात्र पानी ढुवानी तथा विक्री वितरण प्रबन्ध मिलाउन यसैसाथ सूचित गरिन्छ।’

उपभोक्ताहरुलाई लेवल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमा उल्लेख भएका विवरण हेरेर शुद्धताको एकिन गरेरमात्र पानी खरिद गर्न महानगरको आग्रह छ। सूचनामा पानीको उत्पादन, ढुवानी तथा विक्री वितरणमा त्रुटी देखिए प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP