मंगलबार , असार २३, २०८३

काठमाण्डौं ।
नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा पत्रकार टी.पी भुसाल नियुक्त भएका छन् । गुल्मीका स्थायी बासिन्दा पत्रकार भुसाल दुई दशक देखि पत्रकारिमा संलग्न छन् । शुरुमा रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरेका भुसाल पछिल्लो समय काठमाण्डौमा रहेर पत्रकारिता,प्राध्यापन तथा प्रशिक्षणमा संलग्न रहदै आएका छन् । विभिन्न रेडियो,टेलिभिजन पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मावनशास्त्रमामा स्नाकोतकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेजमा आमसञ्चार तथगा पत्रकारिता,आमसञ्चार तथा पर्यटन,सञ्चार कानून लगायतका विषयहरु अध्यापन गर्दै आएका छन् ।

नेपाली रेडियो नेटवर्कमा कार्यक्रम अर्थसम्वादका उत्पादक तथा प्रस्तोता समेत रहेका भुसालसँग रेडियो मदनपोखरा,बुटबल एफएम,तिनाउ एफएम,रुपन्दही एफएम,सिद्धार्थ एफएम,एभिन्युज टेलिभिजन,नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक,बुटबल एक्स्प्रेस,गोरखापत्र दैनिक आर्थिक अभियान दैनिक लगायतका सञ्चारमाध्यमा विभिन्न पदमा रहि काम गरेको अनुभव छ । रुपन्देही पत्रकार महासंघको पूर्व सहसचिव समेत रहेका पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री चतुर्थ विभुषित रुपन्ेदीका पत्रकार समेत हुन । भुसालले बोर्डमा सञ्चार पराशर्मदाताको रुपमा रहेर नेपालको पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यम,कुटनितिक नियोगहरुसँग समन्वय तथा प्रचारप्रसारको काम गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP