मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण उत्तरार्धतिर लम्पिकएका छ । प्रतियोगिताको फाइनलमा पुग्ने एक टोलीको टुंगो लागिसकेको छ भने अर्को एक टोलीको टुंगो लाग्न बाँकी छ । जारी एसिया कपमा अब तीनवटा खेलमात्र खेल्न बाँकी छ ।

‘सुपर फोर’ चरणको मंगलबा सम्पन्न खेलमा सह—आयोजक श्रीलंकालाई हराउँदै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । अब बिहीबार हुने ‘सुपर फोर’ चरणको पाकिस्तान र श्रीलंकाबीचको खेलले फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लगाउने छ ।

प्रतियोगिताको फाइनल खेल आगामी आइतबार खेलिने छ । अफगानिस्तान र पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपाल समूहगत चरणबाटै घर फर्किएका छन् । ‘सुपर फोर’ चरणमा पुगेको बंगलादेश पनि लगातार दुई खेल हार्दै उपाधि होडबाट बाहिरिइसकेको छ ।

प्रतियोगिता सकिने दिन नजिकिँदै गर्दा धेरैलाई लाग्न सक्छ, आखिर कति पुरस्कार पाउँछन् त विजेता टोलीले ? प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यसपटक पुरस्कार राशीमा थोरै बृद्धि गरेको बताइएको छ ।

यसपटक एसिया कपका लागि चार  लाख ११ हजार दुई सय ५० अमेरिकी डलर  (करिब पाँच करोड ४४ लाख नेपाली रुपैयाँ) छुट्याइएको छ । त्यसमध्ये प्रतियोगिताको उपाधि विजेता टोलीले दुई लाख अमेरिकी डलर (करिब दुई करोड ६५ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार हात पार्नेछ ।

यसैगरी प्रतियोगिताको उपविजेता टोलीले एक लाख अमेरिकी डलर (करिब एक करोड ३२ लाख नेपाली रुपैयाँं) नगद पुरस्कार प्राप्त गर्नेछ । ‘सुपर फोर’ चरणको अंक तालिकामा तेस्रो स्थानमा रहने टोलीले ६२ हजार पाँच सय अमेरिकी डलर (करिब ८२ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार हात पार्नेछ ।

यसैगरी ‘सुपर फोर’ चरणको अंक तालिकाको चौथो स्थानमा रहने टोलीले ३१ हजार दुई सय ५० अमेरिकी डलर (करिब ४१ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार पाउने छ । यसका अतिरिक्त समूहगत चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि ‘सुपर फोर’ चरणमा पुग्न असफल भएको एक टोलीलाई समेत १२ हजार पाँच सय अमेरिकी डलर (करिब १६ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी फाइनल खेलमा ‘प्लेयर अफ दी म्याच’ घोषित हुने खेलाडीलाई पनि पाँच हजार अमेरिकी डलर (करिब ६ लाख ६० हजार नेपाली रुपैयाँ) नगद पुरस्कार प्रदान गरिने समाचारमा जनाइएको छ । यसका अतिरिक्त विजेता टोलीले ‘एसिया कप ट्रफी’ पनि हात पार्नेछ ।

अघिल्लो सिजनको एसिया कप विजेताले करिब दुई करोड ५५ लाख २५ हजार नेपाली रुपैयाँ नगद पुरस्कार पाएको थियो । त्यतिबेला उपविजेता टोलीलाई करिब एक करोड २७ लाख ४५ हजार नेपाली रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP