शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

कोलम्बोको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा  ४१ रनले विजयी हुँदै भारत एक खेल अघि नै फाईनल प्रवेश गरेको हो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा नटआउट  ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २–२ विकेट लिए ।हार्दिक पाण्ड्याले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुँदै २ सय १३  रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गिलले २५ बलमा १९ रन बनाए ।  तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए ।

राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी  ७ विकेट गुमाएको थियो । श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिए  । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गरे ।

चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे । अलराउण्ड प्रदर्शन गरेका श्रीलंकाका दुनिथ वेललेज प्लेयर अफ द म्याच भए  । बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । फाइनल खेल आईतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP