मंगलबार , बैसाख २९, २०८३

Darwin सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०.९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर-२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

बलिउड हंगामाका अनुसार फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

महत्वपूर्ण कुरा के हो भने अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी-२’सँगै ‘गदर-२’ रिलिज भएको थियो । ‘ओएमजी-२’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर-२’ ले खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल-२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भए पनि ‘गदर-२’ ले राम्रो कमाई गरिरहेको छ ।

अर्कोतर्फ ‘ड्रिम गर्ल-२’ ले पनि आइतबार ८.१० करोड भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड भारु पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म अब १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP