मंगलबार , अषोज २७, २०८३

काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा हुने तालिका थियो । तर, खेल सुरु हुनुअघि वर्षा भएपछि रद्द गरिएको हो ।  खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।
अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । ३ खेल जितेको हङकङ ६ अंकसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहिन भएपछि थाइल्याण्ड ५ अंकसहित दोस्रोमा छ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी–२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP