आइतबार , बैसाख ७, २०८२

काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा हुने तालिका थियो । तर, खेल सुरु हुनुअघि वर्षा भएपछि रद्द गरिएको हो ।  खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।
अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । ३ खेल जितेको हङकङ ६ अंकसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहिन भएपछि थाइल्याण्ड ५ अंकसहित दोस्रोमा छ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी–२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP