आइतबार , बैसाख ७, २०८२

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि नेपाली समर्थकहरूको मन भने जित्न सफल भएका छन् ।

खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो । क्रिकेट समर्थकहरू आफ्ना प्रिय खेलाडीसँग तस्बिर खिचाउन तछाड मछाड गर्दै गरेको देखिएको थियो ।

प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो । प्रतियोगितामा नेपाली खेलाडीको मनोबल र खेल कौशलको खुबै चर्चा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP