शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि नेपाली समर्थकहरूको मन भने जित्न सफल भएका छन् ।

खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो । क्रिकेट समर्थकहरू आफ्ना प्रिय खेलाडीसँग तस्बिर खिचाउन तछाड मछाड गर्दै गरेको देखिएको थियो ।

प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो । प्रतियोगितामा नेपाली खेलाडीको मनोबल र खेल कौशलको खुबै चर्चा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP