आइतबार , जेठ १२, २०८२

नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा काठमाडौं–लुक्ला हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरेको छ।

प्राधिकरणले यसअघि पोखरा–जोमसोम रूटमा यी क्यामेरा पाइलट प्रजेक्टका रूपमा जडान गरेको थियो। उक्त क्यामेरा उपयोगी भएकाले अन्य रूटमा पनि विस्तार गरेको हो।

हवाइ उडान क्षेत्रलाई थप सुरक्षित र भरपर्दो बनाउन प्राधिकरणले आविस्कार केन्द्रसँग यसअघि नै सम्झौता गरको थियो। पहिलो चरणमा पोखरा जोमसोम रूटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिसकेको छ।

सो क्यामेराले इनरूट मौसमको जानकारीमा प्रभावकारी बनेकाले अब काठमाडौं–लुक्ला रूटमा पनि राख्न लागिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।

‘यसअघि पोखरा जोमसोम रूटमा राखिएको मौसमी क्यामेराले उपलब्ध गराउने मौसमी विवरण सुरक्षित उडानको लागि उपयोगी अन्य व्यस्त र भौगोलिक जटिलता भएका स्टोल एयरफिल्डहरूमा थप सुविधा विस्तार गर्नु परेमा दुबै पक्षले आपसी समझदारीमा कार्यक्षेत्र विस्तार गर्न सकिने सम्झौता भएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘त्यही सम्झौताअनुसार थप गन्तव्यमा पनि क्यामेरा जडान गर्न लागिएको हो।’

आगामी दिनमा सिमीकोट, डोल्पा लगायतका अन्य रूटमा पनि क्यामेरा राखेर हवाइ उडानलाई थप सुरक्षित बनाइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP