मंगलबार , बैसाख २९, २०८३

लुम्बिनी फोटोग्राफर संघको वार्षिक कार्ययोजना अन्तर्गत बृहत् भेला तथा बन भोजको अवसर पारी संघको आधिकारीक गीतको विमोचन गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उप-महानगरपालिकाका प्रमुख शिबराज सुवेदीले गीतको विमोचन गर्नुभएको थियोे ।
लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिष पन्थको परिकल्पना तयार पारिएको गीतमा चिरन बरालको सब्द संगीत , नरेश पाण्डेको संगीत संयोजन , तथा दिपक श्रेष्ठको र सरिता पन्थीको स्वर रहेकोछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिब राज सुबेदीले लुम्बिनी फोटोग्राफर संघले गरेका उत्कृष्ट कार्यहरुको प्रसंशा गर्दै आगामी दिनमा फोटोग्राफर संघ संग सहकार्य गर्दै अगाडि बढ्ने तथा फोटोग्राफर संघ तथा फोटोग्राफरहरुको समस्याको समाधानका निम्ति बुटवल उपमहानगरपालीका संगै आफु पनी सधै लागीपर्ने बचन ब्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा विशिष्ट अतिथी नेपाल फोटोग्राफर महासंघका तदर्थ समिति संयोजक तथा लुम्बिनी फोटोग्राफर संघका निबर्तमान अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले यस्तो रचनात्मक कार्यको पुस्तौं पुस्तासम्म याद रहने गरी यो दस्तावेज संघको इतिहासका पानामा लेखिनेछ्न भन्दै खुशी ब्यक्त गर्नु भएको थियो ।

सब्द तथा संगीतकार चिरन बरालले संघका अध्यक्ष मनिष पन्थको संगत र आफुपनि पहिले फोटोग्राफर भएको हुनाले यस गीत लेख्न सहज भएको बताउनु भएको थियो

कार्यक्रममा सल्लाहकारहरु हेमनाथ घिमिरे (अर्जुन), दुर्गा प्रसाद भन्डारी (दिपक), माधव पन्थ , कानुनी सल्लाहकार कमला तिवारी ,संस्थापक सदस्य पूर्ण अर्याल, पत्रकार भरत केशी, अमृत गिरी लगायत अन्य अग्रज फोटोग्राफरहरुको उपस्थिती रहेको थियोे ।
संघका अध्यक्ष मनिष पन्थले बिमोचित गीतले प्रत्येक फोटोग्राफरहरुलाइ थप उर्जा दिने र पोजेटीभ भाइब्स उत्पन्न गराउनेछ भन्दै आफ्नै लगानीमा गीत तयार पारी संघलाइ हस्तान्तरण गरेको बताए ।

गीतको म्युजिक भिडियो निर्माण भएपछी संघका अध्यक्ष मनिष पन्थले युटुबबाट आएको रकमसमेत संघलाइ नै हस्तान्तरण गर्ने समेत जानकारी गराएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश अर्यालले स्वागत गरेको कार्यक्रममा संघका महासचिब माधव पन्थले कार्यक्रमको संचालन गरेका थिए ।

सोही अवसरमा लुम्बिनी फोटोग्राफर संघमा कमला घर्तीको संयोजकत्वमा रहेको महिला उपसमिती र त्रिभुवन पाण्डेको संयोजकत्वमा रहेको युवा उपसमिति समेत गठन गरीएको थियो ।

बनभोज कार्यक्रमको संयोजन सैना मैनाका क्षेत्रका क्षेत्रीय संयोजक काशीराम पोख्रेलले गर्नुभएको थियो भने भाग्यसाली चिठ्ठाको संयोजन संघका महसचिब माधव पन्थले गर्नुभएको थियो ।

चिठ्ठाका उपहारहरु डि एस एल आर क्यामेरा , हार्डिक्स , मेमोरी कार्ड , पेन ड्राइभ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP