स्पष्टीकरण सोध्ने भनिएपछि भीम रावलको प्रतिक्रिया : त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु
चैत्र ८, २०७७ आइतबार ४९८ पटक हेरिएको
नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद डा. भीम बहादुर रावलले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने भनेर गरेको निर्णय आफूले नमान्ने स्पष्ट पारेका छन् । उनले पार्टीको उक्त निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने स्पष्ट पारेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुषाल, नेता सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले यस्तो लेखेका छन्-