मंगलबार , अषोज २७, २०८३

केण्डी (श्रीलंका) ।  एसिया कप क्रिकेटमा  भारतले पाकिस्तानलाई २  सय  ६७  रनको लक्ष्य दिएको  छ । पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले  ब्याटिंग गरेको भारतले ४८ ओभर  ५ बलमा सबै  विकेट गुमाउँदै २  सय  ६६ रन बनायो ।

निकै  खराब शुरुवात  गरेपनि  ईशन किशन र हार्दिक पान्ड्याले  भारतलाई सम्हाल्दै पाकिस्तान  समक्ष सम्मानजनक  लक्ष्य पेश गर्ने मजबुत र  निर्णायक आधार  बनाए ।  तर उसले ५० ओभर  पुरै खेल्न सकेन् । वर्षाले  दुई  पटक बाधा उत्पन्न गरेको खेलमा भारतले निकै  खराब शुरुवात  गर्यो । रोहित शर्मा,  विराट कोहलीलाई २७ रन भित्र गुमाएको भारतले  थप ३९ रन जोड्दा थप दुई विकेट  गुमायो । १४.१ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई ईशन किशन र हार्दिक पान्ड्याले सम्हाले ।

Rohit-birat11693653652.jpg

पाल्लेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा   किसन र  पाण्ड्याले पाँचौ विकेटका लागि १३८ रनको साझेदारी  गरे । पाण्ड्याले  ९० बलमा सात चौका र एक  छक्काको मद्दतले  ८७ रन बनाए ।  त्यस्तै किसन ८० बलमा ९ चौका र २ छक्कासहित  ८२ रन बनाएर आउट भए । पाण्ड्या आफ्नो  करियरको पहिलो ओडिआई  शतक बनाउन  बाट चुके । यस्तै  भारतका लागि जसप्रित बुमराहले  १६, रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए । पाण्ड्या र किशनको रनपछि  भारतको  खातामा सबैभन्दा धेरै अतिरिक्त  २० रन रह्यो ।

afridi1693665780.jpg

टस हारेर  बलिंग गरेको पाकिस्तानले  निकै उत्कृष्ट शुरुवात  गरेको थियो । शाहिन  शा अफ्रिदीले रोहित  र  विराटलाई आउट गरेर  निकै  दबाब  सिर्जना  गरेका थिए ।  त्यसपछि अरु  ब्याट्सम्यानले खुलेर खेल्न  सकेनन् ।  शाहिन शा अफ्रिदी, हरिस  रौफ र नशीम  शाको आक्रमण  सामू भारत निकै दबाबमा  परेको थियो । तर पाण्ड्या र  किशनले  दबाब तोड्दै  रन निकाले । उनीहरु दुवै  जना आउट भएपछि  भने फेरि पाकिस्तान हावी भयो ।

candy1693650209.jpg

अफ्रिदीले पाण्ड्या र रौफले किशनलाई शिकार बनाए । पाकिस्तानका  लागि अफ्रिदीले १० ओभर पुरै  फालेर ३५ रन दिँदै ४, नसिम  शाहले  ८ ओभर  ५ बल फाल्दै ३६ रन  दिएर  तीन तथा हरिस रौफले नौ ओभरमा  ५८ रन दिएर  तीन विकेट लिए ।  किफायती बलिंग गरे पनि शुरुमा  विकेट लिन नसककेका नसिम  शाले अन्त्यतिर तीन विकेट चट्काए भने  शुरुमा विकेट लिँदै  रन  रोकेका रौफले भने  पछि रन खाए । यस्तै शदाव खानले  ९ ओभरमा  ५७, मोहम्मद  नवाजले  ८ ओभरमा   ५५  र आगा सलमानले  ४ ओभरमा  २१ रन दिए ।  तीनै  जनाले  विकेट लिन  सकेनन् ।

candy 11693650440.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP