सोमबार , जेठ २०, २०८२

केण्डी (श्रीलंका) ।  एसिया कप क्रिकेटमा  भारतले पाकिस्तानलाई २  सय  ६७  रनको लक्ष्य दिएको  छ । पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले  ब्याटिंग गरेको भारतले ४८ ओभर  ५ बलमा सबै  विकेट गुमाउँदै २  सय  ६६ रन बनायो ।

निकै  खराब शुरुवात  गरेपनि  ईशन किशन र हार्दिक पान्ड्याले  भारतलाई सम्हाल्दै पाकिस्तान  समक्ष सम्मानजनक  लक्ष्य पेश गर्ने मजबुत र  निर्णायक आधार  बनाए ।  तर उसले ५० ओभर  पुरै खेल्न सकेन् । वर्षाले  दुई  पटक बाधा उत्पन्न गरेको खेलमा भारतले निकै  खराब शुरुवात  गर्यो । रोहित शर्मा,  विराट कोहलीलाई २७ रन भित्र गुमाएको भारतले  थप ३९ रन जोड्दा थप दुई विकेट  गुमायो । १४.१ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई ईशन किशन र हार्दिक पान्ड्याले सम्हाले ।

Rohit-birat11693653652.jpg

पाल्लेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा   किसन र  पाण्ड्याले पाँचौ विकेटका लागि १३८ रनको साझेदारी  गरे । पाण्ड्याले  ९० बलमा सात चौका र एक  छक्काको मद्दतले  ८७ रन बनाए ।  त्यस्तै किसन ८० बलमा ९ चौका र २ छक्कासहित  ८२ रन बनाएर आउट भए । पाण्ड्या आफ्नो  करियरको पहिलो ओडिआई  शतक बनाउन  बाट चुके । यस्तै  भारतका लागि जसप्रित बुमराहले  १६, रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए । पाण्ड्या र किशनको रनपछि  भारतको  खातामा सबैभन्दा धेरै अतिरिक्त  २० रन रह्यो ।

afridi1693665780.jpg

टस हारेर  बलिंग गरेको पाकिस्तानले  निकै उत्कृष्ट शुरुवात  गरेको थियो । शाहिन  शा अफ्रिदीले रोहित  र  विराटलाई आउट गरेर  निकै  दबाब  सिर्जना  गरेका थिए ।  त्यसपछि अरु  ब्याट्सम्यानले खुलेर खेल्न  सकेनन् ।  शाहिन शा अफ्रिदी, हरिस  रौफ र नशीम  शाको आक्रमण  सामू भारत निकै दबाबमा  परेको थियो । तर पाण्ड्या र  किशनले  दबाब तोड्दै  रन निकाले । उनीहरु दुवै  जना आउट भएपछि  भने फेरि पाकिस्तान हावी भयो ।

candy1693650209.jpg

अफ्रिदीले पाण्ड्या र रौफले किशनलाई शिकार बनाए । पाकिस्तानका  लागि अफ्रिदीले १० ओभर पुरै  फालेर ३५ रन दिँदै ४, नसिम  शाहले  ८ ओभर  ५ बल फाल्दै ३६ रन  दिएर  तीन तथा हरिस रौफले नौ ओभरमा  ५८ रन दिएर  तीन विकेट लिए ।  किफायती बलिंग गरे पनि शुरुमा  विकेट लिन नसककेका नसिम  शाले अन्त्यतिर तीन विकेट चट्काए भने  शुरुमा विकेट लिँदै  रन  रोकेका रौफले भने  पछि रन खाए । यस्तै शदाव खानले  ९ ओभरमा  ५७, मोहम्मद  नवाजले  ८ ओभरमा   ५५  र आगा सलमानले  ४ ओभरमा  २१ रन दिए ।  तीनै  जनाले  विकेट लिन  सकेनन् ।

candy 11693650440.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 152 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु