शनिबार , भाद्र १३, २०८३

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपालले आफूहरू पार्टी छोडेर नजाने बताएका छन्। राष्ट्रिय सभागृहमा आफू निकटको युवा संघको भेलालाई शनिबार सम्वोधन गर्दै उनले लामो त्याग र बलिदान गरेको पार्टीलाई नछाड्ने बताएका हुन्।

‘हामी सँगै जाने पक्षमा छौं केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं। यति लामो समय सम्मको मायाप्रीति कहाँ एकै रातमा टुंङ्गिन्छ ?’ नेपालले भने,‘ओलीसँग मेरो ४८–४९ वर्षदेखिको मायाप्रीति हो। यति छिट्टै टुंङ्गिनेबाला छैन।’

पार्टीभित्रै रहेर ओली प्रवृतिबिरुद्ध भने लागिरहने उनको बताए। नेपालले पार्टीका सवै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गरे। २२ जनाको स्यायी कमिटीमा १२ जना, ४५ जनाको पोलिटब्यूरोमा २५ जना र ९० जनाको केन्द्रीय कमिटीमा ९७ जना आफ्नो पक्षमा रहेको उनले दाबी गरे।

ओलीले पार्टीमा आफ्नो बहुमत नपुग्ने भएपछि पूर्वमाओवादीबाट आएकाहरूलाई पार्टी प्रवेश नगराएर नै केन्द्रीय सदस्य बनाएकोमा असन्तुष्टि पोखे।

पार्टी पुनःस्थापनापछि बसेका बैठकहरू खारेज गरि २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने उनले बताए। आफु र झलनाथ खनाललाई संसदीय बोर्डमा राखिएको भन्दै उनले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा गर्न पनि सुझाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP