शनिबार , बैसाख ६, २०८२

नेकपा एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ । झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएको हो । सो असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए ।

बालुवाटार परिसरमा सञ्चारकर्मींहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३८ सांसदको बैठकले निर्णय गरेअनुसार ५ बुँदे असहमतिपत्र ओलीसमक्ष पेश गरेको बताए ।
पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ ।

यस्तै बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा समेटिएको छ ।

यी कुराहरु नहुँदासम्म आफूहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ । ओली पक्षको संसदीय दलको बैठक चल्दै गर्दा ३८ सांसदको हस्ताक्षरसहित उनीहरु बालुवाटार पुगेका थिए ।

संसदीय दलको बैठकमा सोम पाण्डेले असमतिपत्र प्रस्तुत गरेको थिए । सो पत्रबारे ओलीले गठन गरेको संसदीय बोर्डमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP