सोमबार , अषोज २६, २०८३

पेरिस । किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लेन्समाथि सहज जीत हासिल गरेको छ । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जीत हो ।

खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए । करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । गत हप्ता टोलुजविरुद्धको खेलमा पनि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर एम्बाप्पेले गोल गरेका थिए ।

इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरेपछि खेल ३–१ ले पीएसजीले जित्यो । दुई बराबरी र एक जीतसहित लुइस एनरिकेको टोली लिगमा पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP