आइतबार , जेठ २६, २०८२

काठमाडौं । चार देशसम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपाल र हङकङबीचको खेलमा वर्षाले बाधा उत्पन्न गरेपछि डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो ।यो नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो ।

टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनाउँदै नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । तर  जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभर खेलेर  १ विकेटको क्षतिमा बनाउँदै ३७ रन बनाएको अवस्थामा पानीले खेल रोकियो । र नेपालले डकवर्थ लुइस पद्धतिबाट १३ रनले जित निकाल्न सफल भयो ।

नेपालको तर्फबाट  इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाए ।  काजल श्रेष्ठ शून्यमा आउट हुन पुगिन् ।पहिले ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले नटआउट १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले  सिरिज खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP