सोमबार , अषोज २६, २०८३

एथेन्स । उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोबाट प्रभावित १८ जनाको शव फेला परेको ग्रीसको दमकल सेवाले जनाएको छ । प्रारम्भिक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। कोरोनर र अनुसन्धान टोली डडिया जंगल नजिकै घटनास्थलतर्फ गएको छ ।

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ। त्यसपछि अलेक्जान्ड्रो पोलिस सहरको एउटा अस्पताल खाली गर्नुपर्‍यो र नवजात शिशुहरू र सघन हेरचाहका बिरामीहरू बन्दरगाहमा डुंगामा सारियो।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल  सन्देशहरू पठाएका छन् ।

पछिल्लो डरलाग्दो खोज हुनु अघि प्रारम्भिक मृत्यु यस क्षेत्रमा एक आप्रवासीको भएको विश्वास गरिएको थियो। मङ्गलबार धेरै ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उच्च हावा र तापक्रमले ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP