मंगलबार , अषोज २७, २०८३

बुटवल । रुपन्देहीमा पछिल्लो समय हत्याका घटनाहरु बढी रहेका छन् । यसैबीच जिल्लाको सिद्धार्थनगरका ४ युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । सिद्धार्थनगर नगरपालिका ९ बस्ते घनश्याम कोईरीको हत्या अभियोगमा प्रहरीले शुक्रबार युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षिय रहेमान अली, २६ वर्षका सुनिल गुरुङ, २८ वर्षिय मुख्तार पठान र सिद्धार्थनगर नगरपालिका १२ बस्ने २१ वर्षका धर्मराज अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकको सब विहिबार साझ जिल्लाको ओमसतिया गाउँपालिका–४ परासी भैरवा सडकदेखि उत्तरतर्फको गहुँ खेतमा फेला परेको थियो । अनुहार प्रष्ट नचिनिने गरी गलेको अवस्थामा रहेको सबका बारेमा अनुन्धान जारी राखेको प्रहरीले परिवारसँग सम्पर्क गरी पहिचान गरे लगत्तै हत्या आरोपीहरुलाई पक्राउ गरेको हो ।

मृतकका श्रीमतीले यसअघि खोजी गरिदिन प्रहरीमा रिपोर्ट गरेका आधारमा सब पहिचान गर्न सफल भएको थियो । ८ महिना अगाडी स्थानीय सुनिल गुरुङ र कोईरीको परिवार बीच झगडा भई मित्रापत्रसमेत गरिएको तथा आरोपीत ४ जना नै लागु–औषध दुर्व्यसनीमा संलग्न रहेको आधारमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । मृतक र आरोपित बीच समय समयमा सामान्य विवावद हुने गरेको तथा लागूऔषध खाइसकेपछि विवाद उत्पन्न भई हत्या भएको प्रारम्भीक अनुन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP