मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । चार देशसम्मिलित महिला टि २० आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएपनि नेपाल फाइनलमा पुगेको छ । नेपाल हारका बाबजुद नेट रनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । तर नेपाललाई जिते पनि मलेसिया भने बाहिरिएको छ ।

जितका लागि ८५ रनको मध्यम लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ऐना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा बनाएर नटआउट रहिन् । यस्तै महिराह इजाती इस्माइलले २४ बलमा १ चौकासहित २१ रन बनाइन् ।

मलेसियाले ओपनर वान जुलिया वान मोहम्मद रशिदलाई ८ र तेस्रो नम्बरकी ब्याटर तथा कप्तान मास एलिसालाई २ रनमै गुमाएको थियो ।तर तेस्रो विकेटका लागि हाशिम र महिराहले ४३ रनको साझेदारी गर्दै जितको आधार तय गरे । नेपालकी पूजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक–एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाको कारण खेल प्रभावित हुँदा  दुई ओभर खेल घटाइएको थियो । त्यसैले डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो । नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३, इन्दु बर्माले ३३ बलमा २० रनको योगदान दिइन् ।  काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् ।  सीता रानामगर १३ बलमा ९ रन बनाउँदै आउट भइन् ।

कविता जोशी ४ रनमा नट आउट रहिन् । कविता कुँवर १ र सम्झना खड्का २ रनमा आउट भइन् । नेपालले ओपनर विन्दु रावललाई नौं नम्बरमा ब्याटिङ गराएको थियो । उनी १ रनमा नटआउट रहिन् ।मलेसियाकी ऐना हामिजाह हाशिमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । नुर दानैआ सामादले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती इस्माइलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्यो ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP