सोमबार , अषोज २६, २०८३

पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे र त्यहाँ २० मिनेट बिताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् ।

एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।

उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट) जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP