मंगलबार , अषोज २७, २०८३

काठमाडौं । मलेसियामा जारी टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।

नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो। नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो।

कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिईन्। इन्दुले ४ ओभरमा १५ रन खर्चिईन्। खुसी डंगोलले दुई विकेट झारिन्। यस्तै कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो। नेपालका लागि इन्दु वर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो। बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमाका साथ तालिकाको शीर्ष स्थानमा छ।

नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ।समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP