मंगलबार , अषोज २७, २०८३

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा रमेश बडाललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उनको नाम सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले बडाललाई संविधानको धारा १५७ अनुसार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

यसअघि महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो। खरेलले शुक्रबार नै पदबाट राजीनामा दिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका थिए।

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ता भएका थिए। प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतीरक्षामा चित्तबुझ्दो काम नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेको भनिएको थियो।

बडालले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए। बडाल एमाले समर्थित जिफन्टका उपाध्यक्षसमेत हुन्।

यसअघि नेपाल बार एसोसिएसनका उपाध्याय पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। सर्वोच्चमा प्रतिनिधि सभा विघटनको मुद्दामा सरकारको प्रतीरक्षा बहस फितलो बनेपछि उक्त समयमा खरेल बाहिरिने र बडालले उक्त जिम्मेवारी पाउने चर्चा चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP