शनिबार , बैसाख ६, २०८२

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा रमेश बडाललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उनको नाम सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले बडाललाई संविधानको धारा १५७ अनुसार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

यसअघि महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो। खरेलले शुक्रबार नै पदबाट राजीनामा दिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका थिए।

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ता भएका थिए। प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतीरक्षामा चित्तबुझ्दो काम नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेको भनिएको थियो।

बडालले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए। बडाल एमाले समर्थित जिफन्टका उपाध्यक्षसमेत हुन्।

यसअघि नेपाल बार एसोसिएसनका उपाध्याय पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। सर्वोच्चमा प्रतिनिधि सभा विघटनको मुद्दामा सरकारको प्रतीरक्षा बहस फितलो बनेपछि उक्त समयमा खरेल बाहिरिने र बडालले उक्त जिम्मेवारी पाउने चर्चा चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP