सोमबार , अषोज २६, २०८३

धरान / स्थानीय सरकार धरान उपमहानगरपालिकाले नागरिक स्वास्थ्यलाई ध्यानमा राखी आज धरानका केही मःम पसल अनुगमन गरेको छ। अनुगमनका क्रममा पूर्वाञ्चलमै सस्तो नामले चिनिएको धरानको सस्तो मःम पसलमा नागरिकको स्वास्थ्यलाई बेवास्ता गरी मःम बनाउँदा सरसफाइ ध्यान नदिएको र काँचो र पकाएको मासु एकै ठाउँमा भेटेको र स्याप्पमा भॅुईमा चाउमिन खुल्ला नछोपी राखेको पाइएको बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए। सुनसरी मःम हाउसले नागरिकलाई चाउमिन पकाएर स्याप्पमा राखेको खुल्ला चाउमिन बेचेको पाइयो भने सुनसरी मःम को राम्रो पक्ष मम बनाउँदा चैँ प्लास्टिकले छोपेको राम्रो पक्ष पाइएको हो ।

यस्तै गरी भिआरसी मःम हाउको मम अनुगमन पनि मन नरुचाउने खालको कुहिने फोहोर र मःम पकाउने भाँडा सँगै पाइयो भने भेज , चिकेर र बफ मम एउटै भाँडामा पकाएर प्रत्यक्ष पाइयो । यस्तै हाम्रो मःम , सुनसरि मःम , कालिज रेस्टुरेन्ट, समेत सरसफाई राम्रो नभएको पाइयो ।

धरानको चर्चित ठमेल मःम पसलमा सरसफाइ नभएको पकाउने ठाउँबाट नै जुठो भाँडा लगको र कर्मचारीहरूले हातमा नङ पालेको र गल्भस प्रयोग नगरेको प्रत्यक्ष रूपमा पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी प्राविधिक सहायक बादल चेमचुङको बताएकी छन् ।

यस्तै , मट्का बिर्यानिमा समेत अत्यधिक फोहोर रहेको साथै खानेकुरामा कलर मिसाएको पाउनुका साथै कॅाचो मासु र पकाएको मासु मिसाएर राखेको र कर्मचारीले मःम बनाउॅदा प्रयोग गर्ने विधि प्रयोग नगरेको बादलले बताईन। बजार अनुगमन ईलाका प्रशासन, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार, उपमहानगर र खाद्य टिमले संयुक्त रुपमा गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP