शनिबार , भाद्र १३, २०८३

काठमाडौं ।  नेपालकी सीता रानामगरले सानदार प्रदर्शन गर्दै पाँच विकेट लिएपछि नेपालले हङकङलाई ८४ रनमा अलआउट गरेको छ   ।

चार देश सम्मिलित महिला टी २०  आई खेलमा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भयो ।
हङकङको लागि यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाइन् । नेपालका स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।

सीता नेपाली महिला टी २०  आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन् । यसअघि २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६–६ विकेट लिएका थिए । गतवर्ष अस्मिना कर्माचार्यले युएईविरुद्ध पाँच विकेट लिएकी थिइन् ।

इन्दु बर्माले २, कविता कुँवर र कप्तान रुविना क्षेत्री बेलबासेले समान १–१ विकेट लिए । डेब्यू खेलमा पुजा महतोले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP