आइतबार , जेठ २६, २०८२

काठमाडौं ।  नेपालकी सीता रानामगरले सानदार प्रदर्शन गर्दै पाँच विकेट लिएपछि नेपालले हङकङलाई ८४ रनमा अलआउट गरेको छ   ।

चार देश सम्मिलित महिला टी २०  आई खेलमा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भयो ।
हङकङको लागि यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाइन् । नेपालका स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।

सीता नेपाली महिला टी २०  आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन् । यसअघि २०१९ मा अन्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६–६ विकेट लिएका थिए । गतवर्ष अस्मिना कर्माचार्यले युएईविरुद्ध पाँच विकेट लिएकी थिइन् ।

इन्दु बर्माले २, कविता कुँवर र कप्तान रुविना क्षेत्री बेलबासेले समान १–१ विकेट लिए । डेब्यू खेलमा पुजा महतोले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP