बुधबार , चैत्र २६, २०८१

क्यानबेरा । अस्ट्रेलियामा रहेका नेपाली बिज्ञहरुको सहभागितामा प्रकोप र महामारी बिषयमा एक दिने सम्मेलन राजधानी क्यानबेरामा हुने भएको छ ।

२७ मार्च शनिवार बिहान ११ बजेदेखि राती ९ बजे सम्म हार्मोनिक जर्मन क्लब क्यानबेरामा हुने यो सम्मेलनको आयोजना गैर आवासीय नेपाली संघ अस्ट्रेलिया डिजास्टर, इमर्जेन्सि र क्राईसिस म्यानेजमेन्ट टाक्स फोर्सको आयोजनामा हुन लागेको हो ।

एन आर एन अस्ट्रेलियाका अध्यक्ष केशब कँडेलका अनुसार सम्मलेन आयोजना गर्न नेपाली दुतावास क्यानबेरा, नेपाल साइन्स फाउन्डेसन ट्रस्ट, अस्ट्रेलियन नेप्लिजन मेडिकल एण्ड डेन्टल एसोसिएसन (एम्डा) र फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को सहकार्य रहेको छ ।

“अस्ट्रेलियामा सक्रिय प्रकोप विज्ञहरुले कोरोना महामारीको बेला खेलेको भुमिका, सिकाइ र योगदालाई एकै ठाउँका भेला भएर साटासाट गर्ने अवसरको रुपमा यो सम्मेलन आयोजना गरिएको हो ।” अध्यक्ष कँडेलले बताए ।

सम्मेलनमा एन आर एनका पूर्व अध्यक्ष डा शेष घलेले “कि नोट स्पिकर” को रुपमा स्थापना कालदेखि अहिले सम्म एन आर एनले नेपाल र डायस्पोरामा गरेका मानवताबादी कार्यहरुका बारेमा बोल्ने छन् ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया डिजास्टर, इमरजेन्सि र क्राईसिस म्यानेजमेन्ट टाक्स फोर्स र प्रकोप सम्मेलन संयोजक डा भरतराज पौडेलका अनुसार यो सम्मेलनमा अस्ट्रेलियाका बिभिन्न राज्यहरु र अन्य देशहरुबाट सहभागि विज्ञहरुले प्रकोप, महामरी र बिज्ञानमा केन्द्रित रहेर १० वटा कर्यपत्रहरु पेश गर्ने भएका छन् । डा पौडलले भने, “कोरोना भाइरसको महामरीमा नेपाली मुलका चिकित्सक, बैज्ञानीक र अनुसन्धानकर्ताले प्रत्यक्ष रुपमा काम गर्ने जिम्मेवारी पाए । त्यहाँबाट सिकेको ज्ञान र अनुभव साट्ने सम्मेलन महत्वपूर्ण अवसर हो ।”

प्रकोप, महामरी र बिज्ञानमा केन्द्रित रहेर १० वटा कर्यपत्रहरु पेश हुने

सम्लेलनमा डा राजु अधिकारीले बिज्ञान, प्रकोप र महामारीको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । यस्तै नेपाली दुतावास क्यानबेराकी उपनियोग प्रमुख दुपदा सापकोटाले “कोरोना भाइरस प्रकोपको समयमा कुटनीति, साधनस्रोतको परिचालन र सहकार्य बिषयमा कार्यपत्र पेश गर्नेछिन भने एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष केशब कँडेलले महामरिको बेलामा समुदायमा सहयोग र सहभागिता कसरी भयो भन्ने बारेमा कार्यपत्र पेश गर्नेछन् ।

फेन्का महासचिब डा कृष्ण हमालले कोरोना भाइरस महामारीको बेला अस्ट्रेलियन सरकारको भुमिका, नीति, महामारी पूर्व, बर्तमान र भबिष्यको आर्थिक बृद्धिका बारेमा कार्यपत्र पेश गर्नेछन् ।

नेपालका स्थानिय निकायहरु महमारिको जोखिम ब्यवस्थापन गर्न सक्षम छन् भन्ने बिषयमा डा हेमन्त ओझाले अन्तर्दृष्टि प्रस्तुत गर्नेछन् भने डा रुपक अर्यालले बायु प्रद्धुषण कोरोना भाइरस महामारीको लागि जोखिमको कारण हुन सक्छ भन्ने बिषयमा कार्यपत्र पेश बताइएको छ ।

सम्मलेलनमा डा कुश श्रेष्ठ र पुनम पन्तले एम्डाको तर्फबाट कोरोना भाइरस महामारीबारे डायस्पोराका चिकित्सकहरुले जनचेतना जगाउन खेलेको भुमिका बारे नेपाल, अमेरिका र अस्ट्रेलियाको अनुभवबारे प्रस्तुत गर्ने छन् ।

यस्तै पिएचडी रिसर्चर ज्योती केसीले प्रकोप ब्यवस्थापनमा साभेदारी बिषयमा कार्यपत्र पेश गर्न बताईएको छ भने लेट्रोभ युनिभर्सिटीकी एसिस्टेन्ट प्रोफेसर बन्दिता मैनाली भुसालले कोरोना भाइरस यसले फोहोर मैला ब्यवस्थापनमा पारेको प्रभावबारे कार्यपत्र पेश गर्नेछिन् ।

यस्तै जापानमा क्रियाशिल डा रमेश सुनामले प्रकोप र महामारीका कारण श्रमिकहरुको आप्रवासमा परेको प्रभावका बारेमा प्रस्तुती दिने बताइएको छ ।

कोरोना भाइरस प्रकोपको समयमा नेपाली संचारमाध्यमले कस्तो संघर्ष गर्नु पर्यो भन्ने बारेमा अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तर्फबाट प्रस्तुती हुने सम्मलेलन संयोजक डा पौडेलले बताए ।

सम्लेलनको प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल रहेका छन् भने कार्यक्रममा न्यु साउथ वेल्सका महाबणिज्यदुत दिपक खड्का, भक्टिोरियाका महाबाणिज्यदुत चन्द्र योञ्जन र साउथ अस्ट्रेलियाका महबाणिज्यदुत दिपक धमला, एन आर एन उपाध्यक्ष मन केसीको सहभागिता रहने छ । सम्मलेनमा अस्ट्रेलियाका बिभिन्न राज्यहरुबाट करिब एक सय ५० भन्दा बढीको सहभागिता रहने बताईएको छ ।

सम्मेलनको स्थानिय रुपमा गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एसिटी राज्य समितिले ब्यवस्थापन गरिरहेको छ । उपाध्यक्ष चुडामणी सापकोटा, फेन्का महासचिव डा कृष्ण हमाल, डा डिडि कँडेल, राजु अधिकारी, राजन ढुंगेल लगाएतका स्थानिय सुदायका अगुवाहरु यो सम्मेलनलाई भब्य रुपमा सफल बनाउन सक्रिय भएका छन् ।

सम्मेलन सफलताको कामना गर्दै एनआरएन पूर्व अध्यक्ष जिबा लामिछाने, बर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले शुभकामना सन्देश दिनेभएका छन् ।

प्रकोपको बिषयमा लेखिएको पुस्तक लोकार्पण हुने
सम्मेलनमा प्रकोपको बिषयमा लेखिएको पुस्तक लोकार्पण हुने भएको छ । डा भरतराज पौडेल, डा रामकृष्ण निरौला र डा राजु अधिकारीले संयुक्त रुपमा लेखेको पुस्तक लोकार्पण हुने भएको हो ।

करिब दुई सय ५० पृष्ठ मोटो यो पुस्तकमा कोरोना भाइरस प्रकोपका कारण बिश्वब्यापिरुपमा परेको समाजिक तथा आर्थिक प्रभाव जस्ता बिषयहरु समावेश गरिएको छ । नेपाल साइन्स फाउन्डेसन ट्रस्टले यो पुस्तका प्रकासन गरेको हो ।

@nepaleseaustralian

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु