मंगलबार , अषोज २७, २०८३

काठमाडौं । एसिया कप क्रिकेटका लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ। आगामी अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कपका लागि १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

एसिया कपका लागि घोषित १७ सदस्यीय राष्ट्रिय टोलीमको कप्तानी रोहित शर्माले गर्नेछन्  । टोलीमा विराट कोहली,  सुभमन गिल, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण  छन् ।

एसिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै नेपाल पनि परेको छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच पाकिस्तानमा हुनेछ । यस्तै सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा नेपाल र भारतबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP