सोमबार , अषोज २६, २०८३

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (शुक्रवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन्।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन्। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ। कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। साथै आवेदकले सी-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन गर्न सक्नेछन्।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणबाट २९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

योसंगै संस्थापक शेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP