मंगलबार , असार २३, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेको स्रोतको दाबी छ । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने’दयगत आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जना मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

‘जनमत पार्टी र माओवादीबाट एक–एक जना नयाँ मन्त्री नियुक्त गर्ने आन्तरिक तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ, माओवादीबाट मन्त्री भएकामध्ये दुई जनालाई फिर्ता बोलाएर सम्भवतः आइतबार नै शपथ गराउने तयारी छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी उपमहासचिव वर्षमान पुनः निकट मानिने तामाङलाई मन्त्री बनाउन पार्टीबाटै दबाब आएको छ । अहिलेका मन्त्री मोदी, किराती र शर्मा तीनै जना माओवादीबाट सरकारमा गएका नेता हुन् । तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाउनुपर्ने र जनमतका साहसँगै माओवादीका तामाङलाई समेत मन्त्री बनाउनुपर्ने दबाब प्रचण्डमाथि छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP