आइतबार , जेठ २६, २०८२

मस्को । भारतपछि अब रुसले पनि चन्द्रमाका लागि लुनार मिसन लुना–२५ प्रक्षेपण गरेको छ ।
रुसले ४७ वर्षपछि आफ्नो रकेट पठाएको हो । लुना २५ मस्कोबाट ५५०० किलोमिटर पूर्वमा रहेको अमुर ओब्लास्टको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो। भारतको चन्द्रयान–३ अघि रुसको लुना–२५ चन्द्रमामा पाइला राख्ने बताइएको छ ।

रुसी मिडियाका अनुसार अगस्ट ११ शुक्रबार बिहान ४ः४० बजे लुना–२५ ल्यान्डर रुसको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । लुना–२५ सोयुज २.१बी रकेटमा चन्द्रमामा पठाइएको हो । यसलाई लुना ग्लोब मिसन नाम दिइएको छ। रकेटको लम्बाइ लगभग ४६.३ मिटर छ, जबकि यसको व्यास १०.३ मिटर छ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ चन्द्रमातर्फ प्रस्थान गरेको जनाएको छ । पाँच दिनसम्म यो चन्द्रमातर्फ सर्नेछ । यसपछि ३१३ टन तौलको रकेटले ७–१० दिनसम्म चन्द्रमाको परिक्रमा गर्नेछ । २१ वा २२ अगस्टमा यो चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ।

रुसी मिडियाका अनुसार रुसले ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । चन्द्रमाको यस ध्रुवमा पानीको सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

यसको ल्यान्डर लगभग ८०० किलोग्राम छ। लुना–२५ ले सफ्ट ल्यान्डिङ अभ्यास गर्नेछ। ल्यान्डरमा एक विशेष उपकरण छ, जसले सतहको ६ इन्च खन्न सक्छ। लुनाले २५ वटा चट्टान र माटोको नमूना संकलन गर्नेछ । यसले जमेको पानी खोज्न सक्छ। रसियाको लक्ष्य भनेको भविष्यमा चन्द्रमामा मानिस स्थायी रुपमा बसेमा उनीहरुलाई पानीको समस्या हुन्छ या हुँदैन भन्ने बुझ्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP